Commission     2018-08-28     Page visit:
3056
माध्यमिक शिक्षाको कार्यादेश
- माध्यमिक शिक्षाको विद्यमान अवस्थाको अध्ययन तथा विश्लेषण (लक्ष्य तथा उद्देश्य, पाठ्यक्रम पाठ्यवस्तु, सिकाइ उपलब्धि, लम्बीय र क्षितिजीय सम्बन्ध, मूल्याङ्ककन प्रणाली, व्यवस्थापकीय पक्ष, माध्यमिक शिक्षाको नीति आदिको पृष्ठभूमि, सवल पक्ष, सुधार गर्नुपर्ने पक्ष, मुद्दा तथा चुनौती)
- माध्यमिक शिक्षामा नेपालको आर्थिक-सामाजिक आवश्यकता र विश्वपरिवेश तथा नेपालको सन्दर्भ विश्लेषण गर्ने ।
- माध्यमिक शिक्षामा उच्च शिक्षाको तयारी र कार्यबजारसँगको अन्तरसम्बन्ध खोज्ने ।
- प्रधानाध्यापक र शैक्षिक नेतृत्व (नियुक्तिका आधार र प्रकृया, कार्यादेश, निरीक्षण तथा सुपरिवेक्षण, आदि)
- व्यवस्थापकीय जिम्मेवारी (विद्यालयका शिक्षक, प्रधानाध्यापक, वि.व्य.स.अभिभावक, स्थानीय सरकार, प्रदेश र संघ) पहिचान गर्ने ।
- विद्यालयको स्थापना, स्थानान्तरण, समायोजनका मानक र आधार विश्लेषण गर्ने ।(अनुमति, स्वीकृति र अनुगमन तथा मूल्याङ्कन समेत)
- माध्यमिक शिक्षाको पहुँच विस्तारका लागि वैकल्पिक उपायहरूको पहिचान गर्ने ।
- गुणस्तरको सुनिश्चितता र प्रत्यायनका मापदण्ड विकासका आधारहरू खोजी गर्ने ।
- शैक्षिक मापदण्ड (व्यवस्थापन, सिकाइ र अनुगमन तथा मूल्याङ्कन) निर्धारणका लागि आधार पहिचान गर्ने ।
- शिक्षक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी आधार खोजी गर्ने ।
- उल्लिखित पक्षहरूको खोजी, अध्ययन, विश्लेषण र सिफारिस गर्नका लागि
- अवधारणा पत्र निर्माण गर्ने ।
- प्रश्नाबलीको निर्माण गर्ने ।
- लक्षित समूह छलफल (FGD), कार्यशाला, अन्तर्कृया, अन्तवार्ता आदिका माध्यमद्वारा सुझाव सङ्कलन गर्ने ।
- सुझाव र प्राप्त तथ्यहरूको प्रस्तुतीकरण, विश्लेषण र निष्कर्ष निकाल्ने ।
- अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन लेखन गर्ने । (अनुसूची १ बमोजिमको ढाँचामा)