Good governance, Finance and Partnership

सुशासन, वित्त र साझेदारी क्षेत्र समूहको कार्यादेश

१. शिक्षक तथा कर्मचारी व्यवस्थापन

  • विद्यमान अवस्था विश्लेषण गर्ने ।
  • मुद्दा, समस्या, चुनौती
  • तहगत र विषयगत शिक्षक/कर्मचारी आवश्यकताको आकलन (Projection) गरी वितरणका आधार तथा मापदण्डको पहिचान गर्ने ।
  • शिक्षक/कर्मचारी छनोटका वैज्ञानिक प्रकृया खोजी गर्ने ।
  • शिक्षक/कर्मचारीको वृत्ति विकासका अवसर तथा आधारको पहिचान गर्ने ।
  • शिक्षक/कर्मचारीको सेवा सुविधासम्बन्धी क्षेत्र पहिचान गर्ने ।
  • शिक्षक/कर्मचारी पेसागत विकासका क्षेत्रको पहिचान तथा नवीनतम विधि/प्रकृयाहरूको खोजी गर्ने ।
  • शिक्षा पेसागत विकासलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग सह-सम्बन्ध कायम गर्ने उपायहरुको खोजी गर्ने ।
  • वित्तीय स्रोत पहिचान र परिचालन तथा उपयोगसम्बन्धी आधारहरूको खोजी गर्ने ।

 

२. विद्यालय /शैक्षिक संस्थाको व्यवस्थापन

  • विद्यमान अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने ।
  • विद्यालय/शैक्षिक संस्थाको व्यवस्थापनसम्बन्धी संयन्त्र निर्माणका लागि आधार तय गर्ने । (संयन्त्रको स्वरूप, प्रतिनिधित्व, गठन/निर्माण प्रकृया, कार्यादेश आदि)
  • शैक्षिक संस्थाहरूको आवधिक विकास योजना तर्जुमा र कार्यान्वयनका व्यावहारिक तौरतरिका पहिचान गर्ने।
  • अनुगमन तथा मूल्याङ्कन संयन्त्र, साधन र सूचकहरू विकाससम्बन्धी व्यावहारिक उपायहरूको पहिचान गर्ने।
  • स्रोत साधनको पहिचान, परिचालन, उपयोग तथा संरक्षणसम्बन्धी विधि/तरिका पहिल्याउने ।

 

३. सुपरीवेक्षण र निरीक्षण

  • विद्यमान अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने ।
  • शासकीय स्वरूप र तहअनुरूप शैक्षिक सुपरिवेक्षण र निरीक्षणका संयन्त्रहरूको निर्माण र सुधार लगायत जिम्मेवारीसम्बन्धी व्यावहारिक उपायहरूको खोजी गर्ने ।
  • शैक्षिक सुपरिवेक्षणका लागि जनशक्ति नियुक्ति, परिचालन, वृत्ति विकास, सेवा सुविधाका लागि मापदण्ड तथा आधार पहिचान गर्ने ।
  • सुपरिवेक्षण र निरीक्षण कृयाकलापलाई शैक्षिक सुधार तथा विद्यार्थी सिकाइसँग आबद्ध गर्ने तौर तरिकाहरू पहिचान गर्ने ।

४. अभिभावक शिक्षा/ समुदाय परिचालन

  • विद्यमान अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने । (मुद्दा, मुख्य समस्या र चुनौतीहरू)
  • अभिभावक शिक्षा/ समुदाय परिचालन क्षेत्रहरू तथा विषयवस्तु पहिचान गर्ने
  • माध्यम/विधि/तरिका पहिचान गर्ने ।

 

५. सेवा प्रवाह

  • विद्यमान अवस्था विश्लेषण गर्ने (मुख्य समस्या तथा चुनौतीहरू)
  • शैक्षिक सेवाको प्रकृति पहिचान गर्ने
  • माध्यम/विधि/तरिकाहरूको पहिल्याउने ।

 

६. अनिवार्य र निःशुल्क शिक्षा

  • विद्यमान अवस्था विश्लेषण गर्ने (मुद्दा,मुख्य समस्या तथा चुनौतीहरूसमेत)
  • अनिवार्य तथा निशुल्क शिक्षाका लागि आवश्यक कानून निर्माणका लागि सुझाव प्रदान गर्ने
  • आधारभूत शिक्षालाई अनिवार्य तथा निशुल्क गर्न आवश्यक विधि तरिका तथा कार्यविधिहरूले समेट्नु पर्ने मुख्य पक्षहरू सुझाउने
  • अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा कार्यान्वयनका लागि स्थानीय/प्रदेश/ संघीय सरकारको कार्यक्षेत्र तथा भूमिका पहिचान गर्ने

७. बैदेशिक सहायता परिचालन

  • वैदेशिक सहायताको विद्यमान अवस्था विश्लेषण गर्ने (सहायता परिचालनका मुद्दा, समस्या तथा चुनौतीहरूसमेत)
  • शिक्षामा वैदेशिक सहायता परिचालनका क्षेत्रहरू र पद्धतिको पहिचान गर्ने
  • सहायता परिचालनका तौरतरिकाहरू (Modalities) (Off/on Budget Support) सुझाउने
  • विकास साझेदार र सरकारी निकायहरूबीचको समन्वय संयन्त्र निर्माणको आधार प्रस्तुत गर्ने
  • वैदेशिक सहायतालाई नतिजामूलक ढङ्गले परिचालन गर्ने विश्वसनीय आधार पहिचान गर्ने

८. शिक्षामा लगानी ढाँचा

  • वर्तमान अवस्थाको विश्लेषण(विद्यमान मुद्दा, समस्या तथा चुनौतीहरूसमेत)
  • शिक्षामा लगानीको सिद्धान्तहरू र आधारहरू पहिचान गर्ने
  • शिक्षामा लगानीका उपागमहरू (Approaches) पहिचान गरी व्यवहारिक कार्यान्वयनका उपायहरू प्रस्तुत गर्ने
  •  लगानीमा संघीय प्रदेश र स्थानीय सरकारका भूमिका र दायित्व खोजी गरी सुझाव प्रस्तुत गर्ने ।
  • .९ शिक्षामा गैरसरकारी तथा सामुदायिक संस्था
    • वर्तमान अवस्थाको विश्लेषण(विद्यमान मुद्दा, समस्या तथा चुनौतीहरूसमेत)
    • शिक्षामा संलग्न गैरसरकारी संस्थाहरूको भूमिका पहिचान र परिचालन गर्ने प्रभावकारी उपायहरूको खोजी तथा सुझाव प्रदान गर्ने
    • नियमन, साझेदारी र समन्वय संयन्त्र निर्माण र परिचालन गर्ने तरिका सुझाउने

१०. शिक्षण संस्थाको सम्पत्ति व्यवस्थापन

  • वर्तमान अवस्थाको विश्लेषण(विद्यमान मुद्दा, समस्या तथा चुनौतीहरूसमेत)
  • शैक्षिक संस्थाका सम्पत्ति प्राप्ति, संरक्षण, उपयोगसम्बन्धी व्यवहारिक विधिहरू प्रस्तुत गर्ने
  •  सम्पत्ति अभिलेख व्यवस्थापनको वैज्ञानिक पद्धति सुझाउने

११. शिक्षण संस्थाको अनुमति, नियमन तथा व्यवस्थापन

  • वर्तमान अवस्थाको विश्लेषण(विद्यमान मुद्दा, समस्या तथा चुनौतीहरूसमेत) गर्ने
  • शिक्षण संस्थाको अनुमति, नियमन तथा व्यवस्थापनमा आवश्यक पर्ने मुख्यमुख्य कानूनी आधारहरू सम्बन्धी सुझाव प्रदान गर्ने  
  • विद्यालय तथा उच्चशिक्षाको ( तहगत )  अनुमति प्रदान गर्न आवश्यक आधारहरू पहिचान गरी सुझाव दिने

१२.  नक्साङ्कन

  • शैक्षिक संस्थाहरूको नक्शाङ्कन गर्ने आधारहरु खोजी गरी सुझाव प्रस्तुत गर्ने
  • नक्साङ्कनलाई स्थापना र विकासका आधारका रूपमा विकास गर्ने उपायहरू पहिचान गर्ने

१३.  शिक्षामा कानुनी पुर्वाधार विकास र सरकारको तहगत भुमिका

  • वर्तमान अवस्थाको विश्लेषण(विद्यमान मुद्दा, समस्या तथा चुनौतीहरूसमेत) गर्ने
  • विद्यालय तथा उच्च शिक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा जनशक्ति कार्यदक्षता र स्रोतसाधनसमेतको विश्लेषण गरी आवश्यक सुझाव दिने
  • संघ, प्रदेश र स्थानीय सरकारले तर्जुमा गर्ने शिक्षासम्बन्धी कानूनमा समेट्नु पर्ने विषयक्षेत्रका सम्बन्धमा सुझाव पेश गर्ने

Attached Documents
Title Size Type View Download
प्रश्नावली_सुशासन_वित्त_र_साझेदारी_क्षेत्र 145 Kb application/pdf View Download

सुशासन वित्त र साझेदारी

प्रश्नावली

१. नेपालको सन्दर्भमा सामुदायिक विद्यालयहरुमा हाल रहेका विद्यालय कर्मचारीहरुको व्यवस्थापन कसरी गर्नुपर्ला ?

  • विद्यालय कर्मचारीहरुको दरवन्दी कायम गर्ने कसरी, कुन तहमा रहने, कसले गर्ने ?
  • सुविधा कस्तो किसिमको, स्रोत कसले व्यहोर्ने, योग्यता के हुनुपर्ने ?
  • नियुक्ति तथा बढुवाको प्रावधान कसरी गर्ने ? कुन निकाय मार्फत सम्पादन गर्ने ?
  • आचारसंंहिता, जिम्मेवारी र उत्तरदायित्व वहन कसरी गर्न लगाउने ?
  • स्थानिय सरकारलाई यस कार्य प्रति कसरी जिम्मेवार वनाउने ?

२. विद्यालयका शिक्षकहरुको व्यवस्थापन कसरी गर्नु उपयुक्त हुन्छ ?

  • नियुक्ती तथा छनौट प्रक्रिया, योग्यता तालिम सम्वन्धी प्रावधानहरु के हुने, कस्तो हुने ? यसलाई पारदर्शी कसरी बनाउन सकिन्छ ?
  • शिक्षक अध्यापन अनुमति पक्रिया कस्तो बनाउनु पर्ला ? अध्यापन अनुमति प्रदान गर्ने कार्य को द्वारा गर्दा उपयुक्त हुने ?
  • शिक्षकलाई उपलब्धी, त्ष्mभ बलम त्बकप सँग जोड्ने उपाय के हुने ?
  • शिक्षकको अवस्था निर्धारण ( संघ, प्रदेश  र स्थानिय कुन तहको कसरी, कार्यविधि कस्तो हुनुपर्ला ? )
  • शिक्षक बढुवाका आधार के बनाउने, कार्य सम्पादन मूल्याङ्कनका आधारहरु के हुने ? बढुवा कुन निकायले गर्ने , बढुवा जिल्लागत/प्रदेशगत वा स्थानियगत कस्तो हुने ?
  • शिक्षण पेशाको सम्मान, मान मर्यादा तथा गरीमा वृद्धि गर्न के गर्नु पर्छ ?
  • शिक्षकको पेशागत वृति विकास र विद्यार्थीहरुको शैक्षिक उपलब्धीलाई कसरी अन्तरसम्वन्धीत बनाउन सकिएला ?
  • विद्यालयमा कार्यरत शिक्षकहरुमा निरन्तर पेसागत क्षमता विकासका के कस्ता कार्यक्रमहरु संचालन गर्न उपयुक्त ठान्नु हुन्छ ? कस्ले संचालन गर्न उपयुक्त हुन्छ ?

३. शिक्षकका सेवा शर्त, योग्यता, मापदण्ड कस्तो हुनुपर्ला ? (पाठ्यघण्टी समेत)

४. स्थानीय सरकार प्रति शिक्षकलाई उत्तरदायी, जिम्मेवार बनाउने तथा शिक्षकको उच्च कार्यसम्पादनमा स्थानीय सरकारलाई कसरी जिम्मेवार बनाउने  ?

५ शिक्षक विकास कसरी गर्ने ?

  • विश्वविद्यालयको उत्पादन सँग बजारको आवश्यकतालाई कसरी जोड्ने ?
  • उच्च क्षमता भएका प्रतिभाशाली व्यक्तिहरुलाई शिक्षण पेशामा कसरी आकर्षित गर्ने ?
  • शिक्षक क्षमता विकास, तालिम प्रदान गर्ने, संरचना, पाठयक्रम, तालिम मूल्याङ्कन , वृत्ति विकासको अवसर सँग कसरी आवद्ध गर्ने ?
  • वृत्ति विकासका अवसरहरु कस्तो हुनुपर्ने, कसरी निर्धारण गर्ने ?

६. शैक्षिक संस्थाहरुको व्यवस्थापन (विद्यालय, क्याम्पस, दुरशिक्षा तालिम केन्द्रहरु) कसरी गर्ने ?

  • विद्यालय सञ्चालनमा अलग प्रधानाध्यापकको व्यवस्था, छनौट, समयावधि, जिम्मेवारी, कार्य सम्पादन सम्झौता के कस्तो हुनुपर्ला ?
  • व्यवस्थापन समिति/सञ्चालक समिति कस्तो हुनुपर्ला ?
  • उक्त समितिमा रहने व्यक्तिहरु छनौट/मनोनयनको विधि के बनाउनुपर्ला
  • समितिको काम कर्तव्य र अधिकार के के हुनुपर्छ
  • व्यवस्थापन समिति परीचालन गर्ने कार्यविधि/ कार्य प्रणालि के हुनुपर्छ ?
  • विद्यालय/ शैक्षिक संस्थाहरुको व्यवस्थापनमा सरकारको तहगत भूमिका के/कस्तो हुनुपर्ला ?
  • विद्यालय/ शैक्षिक संस्थाको व्यवस्थापन समितिका पदाधिकारीहरुको आचार संहिता, उत्तरदायित्वको अवस्था कसरी निर्धारण गर्ने के के हुनु पर्ला ?
  • विद्यालय/शैक्षिक संस्था सुधार/विकास योजना कस्तो हुनुपर्ला कसरी निर्माण गर्नुपर्ला, अध्यावधिक गर्ने उपायहरु के हुन सक्ला ?
  • शैक्षिक संस्था/विद्यालयको अनुगमन सुपरिवेक्षण कसरी , को द्वारा हुनुपर्छ, कस्तो विधि बनाउनु पर्छ ?
  • स्रोत केन्द्रको भूमिका के हुनुपर्ला ? कसरी परीचालन गर्नु पर्ला ?
  • शैक्षिक संस्था/विद्यालय व्यवस्थापनमा अभिभावकको संलग्नता कसरी गर्नुपर्ला ? भूमिका के के हुन सक्लान् ?

७. अभिभावक शिक्षा, समुदाय परीचालनका विधिहरु , माध्यमहरु के के हुन सक्छन् ?

८. विभिन्न निकायहरुवाट ( विद्यालय, क्याम्पस, शैक्षिक निकायहरु) प्रवाह गर्ने सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ  ?

  • गुणस्तरीयता कसरी कायम गर्ने ?
  • समयमा सम्पादन गर्ने वातावरण कसरी वनाउने ?
  • समयमा सम्पादन नगर्ने, सेवा प्रवाह गुणस्तरीय र चुस्त बनाउन नसक्नेलाई कुन प्रकारको सहायता उपलब्ध गराउने  ?
  • प्रवाहित सेवामा समता, पारदार्शिता सुनिश्चित गर्ने विधिहरु के के हुन सक्छन् ?
  • सेवाको गुणस्तर नियमन गर्ने Quality Control Mechanism कस्तो हुनुपर्ला ?

९. विद्यालय शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने विधिहरु के के हुन सक्छ ?

  • कानूनी आधार, साँगठनिक व्यवस्था कस्तो हुनु पर्छ ?
  • उक्त कार्यको लागि कुन निकायको के भूमिका हुनुपर्छ ?
  • स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ, शिक्षा कर वा अन्य कुनै करको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
  • सरकारका तीनै तहको दायित्व के के हुनुपर्छ, तीनै तहका सरकारका विच समन्वय ल्याउन के गर्न सकिन्छ ?

१०. शिक्षाको प्रशासनिक संरचना के के हुनुपर्छ , कुन कुन संरचनाका कुन कुन क्षेत्राधिकार रहनुपर्ला ?

  • स्थानिय सरकारमा शिक्षाको कुन प्रकारको प्रशासनिक संरचना हुनु पर्ला ?
  • शैक्षिक प्रशासनिक संरचनाहरुको Horrizontal and vertical linkage र समन्वय कसरी स्थापित गर्न सकिन्छ ?

११. शिक्षामा लगानीको ढाँचा कस्तो हुनुपर्ला ?

  • उच्च शिक्षामा       – ?
  • प्राविधिक शिक्षामा     – ?
  • विद्यालय शिक्षामा     – ?
  • साक्षरता शिक्षामा     – ?
  • लगानीको स्रोत के हुने ?  कसले निर्धारण गर्ने, सरकारको तिनवटै तहको लगानी सुनिश्चित गर्ने आधार के हुनुपर्ला ?
  • निःशुल्क शिक्षाको लागि वित्तिय स्रोत व्यवस्थापन कसरी गर्ने ?
  • शिक्षा विकासको वित्तिय स्रोत संकलन कहाँवाट ?
  • वैदेशिक लगानीको आधार तथा मापदण्ड कस्तो हुनुपर्ला ?
  • शिक्षामा गरेको खर्च ( सवै तहवाट ) को अभिलेख, प्रतिवेदन गर्ने संयन्त्र कस्तो हुनुपर्ला ?
  • वैदेशिक लगानीका क्षेत्रहरु (शिक्षामा) कुन कुन हुनुपर्छ, कुन कुन क्षेत्रहरु सरकारको लगानीमा नै रहनुपर्छ ?
  • वैदेशिक लगानी परीचालन गर्ने विधिहरु कस्तो हुनुपर्ला ? (Project basis, G2G, Off/on Budget)
  • शिक्षामा Sector Wide Approach -SWAP_ मोडालिटिको उपयोग कस्तो हुन्छ ?
  • विदेशी दाताको चाहना र राष्ट्रिय आवश्यकता विचको तादात्म्यता कसरी कायम गर्ने ?
  • शिक्षामा Sector wide Budget allocation कस्तो हुन उपयुक्त हुन्छ ?
  •  निजि क्षेत्रले शिक्षामा गर्ने लगानीलाई व्यवस्थित र प्रभावकारी बनाउन के गर्नुपर्छ ?

 

 

  कति

  किन

 

  विद्यालय शिक्षा

 

 

  प्राविधिक तथा व्यावसायिक शिक्षा

 

 

  उच्च शिक्षा

 

 

  जीवन पर्यन्त शिक्षा

 

 

  प्रविधिको उपयोग

 

 

  प्रशासन/व्यवस्थापन

 

 

  अनुसन्धान र विकास

 

 

....................

 

 

 

१२. शिक्षामा गर्ने लगानीमा गैरसरकारी संस्थाहरुको सहयोग परीचालन कसरी गर्ने ?

  • सरकारको नीति सँग तालमेल कसरी (CBOs / INGOs) कायम गर्ने ?
  • गैरसरकारी संस्थावाट प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीवाट कसरी लैजाने
  • गैरसरकारी संस्थाको लगानीमा पारदर्शिता सुनिश्चित कसरी गर्ने
  • रिपोर्टिङ्ग संयन्त्र कसरी प्रभावकारी बनाउने

१३. सहकारी संस्थाहरुलाई शिक्षामा गर्ने लगानीमा आवद्ध गर्ने तरिका विधिहरु के के हुन सक्छन् ?

  • सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने, पारदर्शिता र जिम्मेवार बनाउन के गर्नुपर्ला ?

१४. शिक्षण संस्थाहरुको सम्पत्तिको व्यवस्थापन कसरी गर्नु पर्ला ?

  • जग्गाको स्वामित्व कायम गर्ने विधि तरिका के हुन सक्छ ?
  • जग्गा बेच विखन, लिज, भाडामा दिने/नदिने, कुन उपयुक्त हुन्छ र किन, त्यसलाई व्यवस्थीत बनाउन के गर्नुपर्ला ?
  • विद्यालयको अचल सम्पक्ति, भवन लगायत, क्याम्पस/उच्च शिक्षा प्रदान गर्ने निकायले परीचालन/उपयोग गर्ने व्यवस्थीत तरीकाहरु के हुन सक्छ ?
  • वित्तिय स्रोत, आम्दानीको अभिलेख, व्यवस्थापन, रीपोर्टिङ्ग अडिटिङ्ग गर्ने विधि तरिका कुन कुन उपयुक्त हुन्छ ?

१५. शिक्षण संस्थाहरुको अनुमति /नियमन

  • विद्यालय/ अन्य शिक्षण संस्थाहरुको नक्साङ्कन गर्ने प्रणाली कार्यविधि कस्तो हुनुपर्ला ?
  • अनुमति दिने विधि, समय, कहिले उपयुक्त हुने, कसरी दिन उपयुक्त हुन्छ ?
  • विदेशी बोर्ड/विश्वविद्यालयका कोर्ष संचालन अनुमतिलाई व्यवस्थित कसरी बनाउनुपर्ला ?
  • एउटै क्याम्पस/शिक्षण संस्थाले एक भन्दा बढि विदेशी बोर्डका कार्यक्रम सञ्चालन गर्न हुने नहुने सम्वन्धमा के गुर्नपर्ला ?
  • भाषा शिक्षण, शैक्षिक परामर्स दिने संस्थाहरुको अनुमति नियमन कसरी गर्नुपर्ला ?
  • यस्ता निकायहरुलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्न लगाउने तरिका विधिहरु के के हुन सक्छन् ?

१६. विद्यालय शिक्षामा निजि क्षेत्रको संलग्नता व्यवस्थित गर्ने तरिकाहरु के हुन सक्छ ?

  • कानूनी आधार कस्तो बनाउनु पर्ला ?
  • साँगठनिक आधार कस्तो हुनुपर्छ ?
  • यस अगाडी सञ्चालनमा रहेका निजि विद्यालयहरुको नियमन कसरी गर्नुपर्छ ?
  • निजि विद्यालयहरुलाई शिक्षा विकासमा जिम्मेवार बनाउने विधि तरीका के हुन सक्छ ?
  • विपन्न , असक्त, असाहायहरुलाई निजि विद्यालयले दिनुपर्ने सुविधालाई कसरी व्यवस्थित बनाउन सकिन्छ  ?
  • निजि विद्यालय, निजि शिक्षण संस्थाहरुमा पारदर्शिता कायम गर्ने विधि के बनाउनुपर्ला ?
  • निजि क्षेत्रका शिक्षण संस्थालाई सार्वजनिक उत्तरदायित्व निर्वाह गर्ने विधिहरु के के हुन सक्छन् ?
  • के विधि /प्रक्रिया अवलम्वन गरेमा निजि क्षेत्रलाई देशको शिक्षाको विकासमा सरकारको साझेदारको रुपमा उपयोग गर्न सकिन्छ  ?
  • शिक्षाको कुन तहमा निजि क्षेत्रको कुन स्तर सम्मको संलग्नता/साझेदारी गर्न उपयुक्त हुन्छ ?
  • निजि विद्यालय/ शिक्षण संस्थाहरुले लिन पाउने शुल्कको आधार, मापदण्ड के कस्तो हुनुपर्ला ?
  • निजि शिक्षण संस्थामा अयचउयचबतभ अगतिगचभ अभिवृद्धि गर्न के गर्नु पर्ला ?
  • निजि शिक्षण संस्थामा कार्यरत शिक्षक कर्मचारीको सेवा सर्त सुविधालाई कसरी व्यवस्थित बनाउन सकिन्छ ?

१७. शिक्षामा ऐन, कानून/नियमावली/कार्यविधि बनाउने तरिका, modality के हुनु पर्ला ?

  • संघीय सरकारले कुन कुन प्रकारका कानून बनाउनु पर्ला ?
  • प्रादेशिक सरकारले कुन कुन प्रकारका कानून बनाउनु पर्ला ?
  • स्थानीय सरकारले कुन कुन प्रकारका कानून बनाउनु पर्ला ?
  • उक्त कानूनहरु नबाझिने गरी निमार्ण गर्ने र संयुक्त/एकिकृत कार्यान्वयन प्रभावकारी बनाउने उपायहरु के के हुन सक्छन ?

१८. विद्यालय / शिक्षण संस्थाहरुमा हुनुपर्ने न्यूनतम मापदण्डहरु के के हुनुपर्ला ?

  • विद्यालय /शिक्षण संस्थामा उपयुक्त शैक्षिक वातावरण कायम गर्ने विधिहरु के के हुन सक्छन् ?
  • विद्यालयहरुमा उपयुक्त स्वास्थ्य र पोषणको व्यवस्था गर्ने विधि तरिका के हुन सक्लान् ?

कृपया कमेन्ट गर्नुस