शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि  शुल्क बृद्धि नगर्ने सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२६ को निर्णय

शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि  शुल्क बृद्धि नगर्ने सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२६ को निर्णय

(क) चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएसका लागि शैक्षिक वर्ष २०७५/७६ मा उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार एवम् बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम गर्ने र शैक्षिक वर्ष २०७६/७७ का लागि मात्र राष्ट्र बैँकद्वारा प्रकाशित मुद्रास्फिति दरका आधारमा शुल्क समायोजन गर्ने ।

(ख) उल्लिखित निर्णय विपरीत कुनै पनि कलेजले विद्यार्थीसँग बढी शुल्क लिएमा विद्यार्थी वा अभिभावकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई सम्बन्धित विश्वविद्यालय/प्रतिष्ठानमा सोको जानकारी गराउने । सो उजुरी उपर जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनबमोजिम छानबिन गरी कारबाही गर्ने ।


Most Visited Links