नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका रापद्वि श्रेणी, रापतृ श्रेणी र रापअनं प्रथम श्रेणीको ज्येष्ठता सूची
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी समायोजन शाखाको प.सं. २०७५/०७६, च.न. ४४, मिति २०७५/०९/०३ का पत्रबाट सम्बन्धित सेवा, समूह सञ्चालन गर्ने निकायले कार्यरत पदको जेष्ठताका आधारमा सूची बनाइ आफ्नो वेबसाइटमा प्रकाशन गर्ने भन्ने प्राप्त निर्देशन बमोजिम नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहको रा.प.द्वितीय श्रेणी, नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको रा.प.तृतीय श्रेणी र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको रा.प.अन.प्रथम श्रेणीका कर्मचारीहरुको यस मन्त्रालयमा हालसम्म उपलव्ध विवरणका आधारमा तयार पारिएको देहाय बमोजिम जेष्ठताक्रमको सूची प्रकाशित गरिएको छ । उक्त सूचीमा संशोधन गर्नुपर्ने भए यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन भित्र सशोधन गर्नुपर्ने प्रमाणसहित यस मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा, सिहदरवारमा पेश गर्नुहुन वा इमेल ठेगाना moekapra@gmail.com मा पठाउनुहुन यस मन्त्रालयको मिति २०७५।९।११ का निर्णयानुसार अनुरोध छ ।
Attached Documents