MOE Entrance Exam 2071-8-27: Pre Nomination
यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देहायका शिक्षण संस्थाहरूबाट MBBS, BDS, BSc Nursing विषयहरूमा देहायको सङ्ख्यामा प्राप्त छात्रवृत्ति सिटहरुलाई छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०को नियम १०क. बमोजिम शिक्षण संस्था तथा विषयगत रूपमा साधारण तथा आरक्षित समूहहरूको सिट निर्धारण गरी यस मन्त्रालयबाट मिति २०७१।९।७ गते प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवारहरूमध्ये उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत र उम्मेदवारले पेश गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा देहायका शिक्षण संस्थाहरूमा देहायका उम्मेदवारहरुलाई मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन (Pre-nomination) गरिएको हुँदा मुख्य उम्मेदवारहरूले देहायको समयावधि भित्र देहायका कागजातका साथ छात्रवृत्ति शाखा, केशरमहलमा सम्पर्क गर्न साथै सूचिकृत उम्मेदवारहरूमध्ये अध्ययनका लागि असमर्थ उम्मेदवारले सोही अवधिभित्र अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयनका सम्बन्धमा कुनै दाविविरोध भए उम्मेदवार स्वयम् उपस्थित भई लिखित जानकारी गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
संलग्न फाइल
English
नेपाली