MOE Entrance Exam 2071-8-27: Final Nomination
यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देहायका शिक्षण संस्थाहरूबाट MBBS विषयमा प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थीहरू मनोनयन गरी पठाउन मन्त्रालयबाट मिति २०७१।०९।०७ गते गोरखापत्रमा समेत प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवारहरूमध्ये उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत र उम्मेदवारले पेश गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा उम्मेदवारहरूलाई मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन गरी अध्ययनका लागि सम्पर्क गर्न वा अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयनका सम्बन्धमा दाविविरोध पेश गर्नका लागि मिति २०७१।०९।२२ गते गोरखापत्र समेतमा सूचना प्रकाशित गरिएकोमा तोकिएको समयावधि भित्र मनोनयन फिर्ता लिने वा अध्ययन असमर्थता जनाई निवेदन गरी रिक्त रहेका स्थानमा बैकल्पिक उम्मेदवारहरूमध्ये अध्ययनकालागि सम्पर्क गरेका उम्मेदवारको साधारण तथा आरक्षण तर्फको योग्यताक्रम, शिक्षण संस्थाको प्राथमिकताक्रम र पेश गरेको प्रमाणका आधारमा पुनरावलोकन गरी देहायका उम्मेदवारलाई देहायको शिक्षण संस्थामा अध्ययनका लागि अन्तिम मनोनयन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
संलग्न फाइल
English
नेपाली