BDS / BSc Nursing Final Nomination : अन्तिम उम्मेदवारका रुपमा मनोनयन प्रयोजनका लागि सुचीकृत गरीएको अत्यन्त जरुरी सुचना
यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका शिक्षण संस्थाहरूबाट BDS / BSc Nursing विषयमा प्राप्त आंसिक छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थीहरू मनोनयन गरी पठाउन यस मन्त्रालयबाट मिति २०७१।९।२२ गते तथा मिति २०७१।९।२७ गते समेत प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवारहरूमध्ये उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत र उम्मेदवारले पेश गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा पुर्व मनोनयन भएका र उल्लिखित मितिपछि सम्पर्क आवेदन गर्ने उम्मेदवारहरू मध्ये तपशिलका उम्मेदवारहरूलाई अन्तिम उम्मेदवारका रुपमा मनोनयन प्रयोजनका लागि सुचीकृत गरीएको हुँदा यो सुचीकृत नामावली प्रकाशित गरीएको छ । प्रकाशित सुचिका बारेमा कसैको दावि विरोध भएमा यस मन्त्रालयको छात्रवृत्ति शाखा, केशरमहलमा मिति २०७१।१०।०५ गते १२.०० भित्र सम्पर्क राख्न सुचित गरिएको छ ।
संलग्न फाइल
English
नेपाली