Birat and Devdaha Medical college: मनोनयन सम्वन्धमा
यस मन्त्रालयलाई काठमाडौं विश्वविद्यालयको विस्तारीत कार्यव्रmम अन्तर्गत MBBS विषयमा प्राप्त आंशिक छात्रवृत्ति सिटहरुलाई छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को नियम १०क. बमोजिम शिक्षण संस्था तथा विषयगत रूपमा साधारण तथा आरक्षित समूहहरूको सिट निर्धारण गरी यस मन्त्रालयबाट मिति २०७१।१०।१० गते प्रकाशित सूचना बमोजिम आवेदन पेश गर्ने उम्मेदवारहरू मध्ये सम्पर्कमा आएका उम्मेदवारको अन्तिम मनोनयन र राजिनामा दिई रिक्त हुन आएको कोटामा बैकल्पीक उम्मेदवारलाई समायोजन गरी बा“की रहेको रिक्त कोटामा मिति २०७१।१०।२२ गतेको सुचना अनुसार आवेदन पेस गर्ने मध्येबाट उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत र उम्मेदवारले पेश गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा देहायका उम्मेदवारहरुलाई मूख्य उम्मेदवारका अन्तिम तथा पूर्वमनोनयन (Pre Nomination) गरिएको हुँदा मुख्य उम्मेदवारहरूले देहायको समयावधि भित्र देहायका कागजातका साथ छात्रवृत्ति शाखा, केशरमहलमा सम्पर्क गर्न साथै पूर्वमनोनयनमा सूचिकृत उम्मेदवारहरू मध्ये अध्ययनका लागि असमर्थ उम्मेदवारले सोही अवधि भित्र अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयनका सम्बन्धमा कुनै दाविविरोध भए उम्मेदवार स्वयम् उपस्थित भई लिखित जानकारी गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
संलग्न फाइल
English
नेपाली