Masters degree in special needs education/Early childhood education र PhD/Post doctoral studies in special needs Eduction/Early childhood education छात्रवृत्ति अध्ययनका लागि निवेदन दिने सम्बन्धी सूचना

शिक्षा मन्त्रालय र दक्षिण कोरिया स्थित काङनाम विश्वविद्यालयवीच नेपालको विशेष शिक्षा र वालवालिकाको क्षेत्रमा विकास गर्ने उदेश्यले May 7, 2013 मा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धमा शिक्षा मन्त्रालय अन्तर्गत रहि वालविकास तथा विशेष शिक्षाको क्षेत्रमा योगदान पुग्ने उदेश्यले Master’s Degree in Special Needs Education/Early Childhood Education का लागि एक सिट र PhD/Post-Doctoral Studies in Special needs Education/Early Childhood Education का लागि एक सिट गरी जम्मा दुई सिट छात्रवृत्ति उच्च शिक्षा अध्ययनका लागि प्राप्त भएकोले एक एक जना प्रमुख र एक एक जना बैकल्पिक उम्मेदवार छनौट गरी पठाउनु पर्ने भएकोले यसैसाथ संलग्न Criteria पुगेका ईच्छुक उम्मेदवारले यस मन्त्रालयको क.प्र. तथा ज.वि. शाखामा सूचानाको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित निवेदन दिन सकिने व्यहोरा जानकारी गराइन्छ  ।


संलग्न फाइल
Title Size Type View Download
Criteria 138 Kb image/jpeg हेर्नुहोस डाउनलोड