स्नातक तहको B.Sc.Forestry विषयको योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त पेस गर्ने उम्मेद्वारहरुको विवरण:

स्नातक तहको योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त पेस गर्ने उम्मेद्वारहरुको विवरण:

नेपाल सरकार शिक्षा मन्त्रालयलाई स्वदेशको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुबाट र विदेशी मित्रराष्ट्रहरुबाट प्राप्त हुन आउने निशुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा स्नातक तहको B.Sc. Forestry विषयमा अध्ययनका लागि छात्रवृत्ति सम्वन्धी (छैठौ संशोधन सहित)नियमावली, २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट MOE Merit का लागि मिति २०७२।१२।२५ गते देखि Online मार्फत दरखास्त आह्वान गरिएकोमा दरखास्त पेस गर्न तोकिएको अन्तिम मिति २०७३।०१।०४ गतेसम्म Online Application मा Upload गरेका कुल २६ जना दरखास्तकर्ताले Upload गरेका Database विवरणमा सम्लग्न कागज प्रमाण, मन्त्रालयको पूर्व सूचना एवम् सम्वन्धित अध्ययन संस्थान, संकायसमेतले तोके बमोजिम नियमानुसार Database रुजु, एकिन गर्दा सम्वन्धित उम्मेद्वारले उल्लेख गरेको प्राप्ताङ्क, तथा Rank  Merit, आरक्षण समुह समेतका विवरण फरक परेमा सोही बमोजिम हुने गरी हाललाइ सम्बन्धित उम्मेद्वारहरुले पेस गरेको विवरण प्रकाशन गरिएको छ ।

उक्त विवरणमा थप घट एवम् सच्याउनु पर्ने भएमा मिति २०७३।०१।०६ गते दिनको २ बजेसम्ममा सप्रमाण निवेदन पेश गर्न समेत सूचित गराइन्छ ।

मिति २०७३ साल बैशाख ६ गते योग्यताक्रम दरखास्त दर्ताको निस्सा लिनका लागि सम्पर्क तोकिएका उम्मेद्वारहरुले अनिवार्य रुपमा उक्त मितिमा तोकिए बमोजिमका सक्कल प्रमाण पत्र र एक, एक प्रति प्रतिलिपि सहित स्वयम् उपस्थित भै दरखास्त दर्ता प्रमाणको निस्सा लिनु पर्ने छ । तोकिए बमोजिम दरखास्त दर्ता प्रमाणको निस्सा लिएका उम्मेद्वारहरुका मात्र कागज प्रमाण रुजु, एकिन पश्चात मन्त्रालयको योग्यताक्रम (MOE Merit)  कायम गरिने व्यहोरा समेत सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।


संलग्न फाइल
Title Size Type View Download
Database_online_applicants__BSC_Forestry_2016 378 Kb application/pdf हेर्नुहोस डाउनलोड