वि.एस्सी. फरेष्ट्री विषयमा आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना
वि.एस्सी. फरेष्ट्री विषयमा आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना :
यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाण्डौ फरेष्ट्री कलेजबाट यस बर्षका लागि वि.एस्सी. फरेष्ट्री विषयमा ५ सिट छात्रवृत्ति प्राप्त भएकोमा उक्त सिटमा नियमानुसार उम्मेदवार मनोनयन गर्न पर्ने भएकाले शिक्षा मन्त्रालयले मिति २०७३।०१।०८ मा प्रकाशन गरेको स्नातक तहको B.Sc.Forestry विषयको मन्त्रालयको योग्यताक्रम (MOE Merit) मा रहेका उम्मेद्वारहरुबाट साधारण तर्फ तीन जना, आरक्षण समूहको महिला समूहबाट एक जना र जनजाती समूहबाट एक जना मनोनयन गर्नु पर्ने भएकाले उक्त योग्यताक्रममा रहेका सम्बन्धित समूहका सबै ईच्छुक उम्मेद्वारहरुबाट दरखास्त माग गरिएकोले सम्वन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ ।
दरखास्त पेस गर्ने मिति :
मिति २०७३।०१।०९ गते देखि मिति २०७३।०१।१५ गते दिनको १२:०० बजेसम्म ।
दरखास्त साथ सम्लग्न गर्नु पर्ने कागजातहरू:
- शिक्षा मन्त्रालयबाट प्रदान गरिएको योग्यताक्रमको दरखास्त दर्ताको निस्साको सक्कल सहित एक प्रति प्रतिलिपि,
- मार्कसिट र सो को सक्कल सहित १/१प्रति प्रतिलिपि,
- सो सरहको टान्सकृप्ट, माइग्रेशन र चारीत्रिक प्रमाण पत्रको सक्कल सहित १/१ प्रति प्रतिलिपि,
- नागरिकता प्रमाण पत्रको सक्कल सहित १ प्रति प्रतिलिपि,
- हुलाक टिकट रु. १०।-को
- आरक्षित समूहका उम्मेदवारहरुले सो संग सम्बन्धित कागाजातहरुको सक्कल सहित १/१ प्रति प्रतिलिपि ।
English
नेपाली