थाइल्याणडको BBA विषयमा प्राप्त आंशिक छात्रवृत्तिमा पूर्व मनोनयन (Pre-nomination) सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकारलाई थाइल्याणडको King Mongkut's University of Technology, North Bangkok (KMUTNB)बाट BBA International Programme मा सन २०१६ का लागि सम्बन्धित संस्थाले अन्तर्वार्तासमेत पश्च्यात अन्तिम मनोनयन गर्ने गरी एक सिट आंशिकछात्रवृत्ति प्राप्त भएकाले यस मन्त्रालयको मिति २०७२।१२।२३ को निर्णय अनुसार उम्मेदवार छनोट गरी पठाउन विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरलाई अनुरोध गरी पठाइएकोमा उक्त आयोगको च. नं. ६८२, मिति २०७३।०१।१४ गतेको पत्रबाट देहायका व्यक्तिलाई मूख्य तथा बैकल्पिक उम्मेदवारको रुपमा छनोट गरी पठाएकाले निजहरुलाई नियमानुसार पूर्व मनोनयन गरिएकाले देहाय बमोजिमका आवश्यक कागजात सहित  मिति २०७३।०१।२१ गतेका दिन कार्यालय समय भित्र सम्पर्क गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च: सम्बन्धित संस्थाले तोके बमोजिम अन्तर्वार्ता समेतका मापदण्ड पुरा गर्न नसकी छनोट नभएमा मन्त्रालयले अन्यत्र मनोनयन गर्न बाध्य नहुने व्यहोरासमेत सूचित गरिन्छ ।


संलग्न फाइल
Title Size Type View Download
Pre-nomination_BBA_International_Programme_Thailand_2016 380 Kb application/pdf हेर्नुहोस डाउनलोड