Thailand बाट BBA विषयमा प्राप्त आंशिक छात्रवृत्तिमा मनोनयन (Nomination) गरिएको सूचना

Thai- BBA International Programme मा छात्रवृत्तिमा मनोनयन सम्बन्धी अत्यन्त जरुरी सूचना

यस मन्त्रालयलाई  King Mongkut's University of Technology, North Bangkok(KMUTNB) Thailand ले एकजना विद्यर्थीलाई BBA International Programme मा सन २०१६ का लागि १ सिट आंशिक छात्रवृत्ति उपलब्ध गराएकोमा यस मन्त्रालयको मिति २०७२।१२।२३ को निर्णय अनुसार उम्मेदवार छनोट गरी पठाउन विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरलाई अनुरोध गरी पठाइएकोमा उक्त आयोगबाट २ जना उम्मेदवार छनोट गरी पठाएकाले सोहि बमोजिम यस मन्त्रालयको मिति २०७३।०१।१६ को निर्णय अनुसार पूर्व मनोनयन गरी नियमानुसार दावि विरोध एवम् सम्पर्कका लागि २०७३।०१।२१ गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिएकोमा पूर्व मनोनयन गरिएका मूख्य उम्मेदवार पावनी खड्काले अध्ययन असर्मथता जनाइ निवेदन पेश गरेकाले बैकल्पिक उम्मेदवार महेश डोटेललाई मूख्य उम्मेदवारको रुपमा मनोनयन गरिएको छ, सम्बन्धित संस्थाले तोके बमोजिम अन्तर्वार्ता एवम् अन्य तोकेका शर्त बन्देज पूरा गरी छनोट भएमा मात्र मन्त्रालयले अन्तिम मनोनयन गर्ने गरी सम्वन्धित उम्मेदवारले नेपाली नागरिगतको प्रमाण पत्र साथै तोकिएका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाण पत्रहरुकासाथ छात्रवृत्ति शाखा, केशरमहलमा २०७३ साल बैशाख २३ गते, अनिवार्य रुपमा सम्पर्क गर्न जानकारीका लागि यो सूचना प्रकाशन गरिएकोछ ।