Application for MoE Merit (M.Sc.Forestry) 2016

स्नातकोत्तर तहको छात्रवृत्ति छनोटका लागि योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त माग सम्वन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकार शिक्षा मन्त्रालयलाई स्वदेशको त्रिभूवन विश्वविद्यालय अन्तर्गतका कलेजबाट  र  विदेशी मित्रराष्ट्रहरुबाट स्नातकोत्तर तहको Forestry, Watershed Management र Natural Resources Management and Rural Development विषयमा प्राप्त हुन आउने नि:शुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा अध्ययनका लागि उम्मेद्वार छनोट गर्न छात्रवृत्ति सम्वन्धी (छैठौं संशोधन) नियमावली, २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पुरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मन्त्रालयलाई प्राप्त हुने छात्रवृत्ति सिटको विषयगत रुपमा नियमानुसार पचपन्न प्रतिशत स्थान साधारण तर्फ र पैंचालीस प्रतिशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदायका व्यक्तिहरुलाई नियमानुसार आरक्षण गरी सो प्रतिशतलाई सतप्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा वितरण गरिने छ:–


संलग्न फाइल
Title Size Type View Download
1._Application_for_MoE_Merit_(M_.Sc_._Forestry)_TU_ 482 Kb application/pdf हेर्नुहोस डाउनलोड