एम.एस्सी. फरेष्ट्री विषयमा आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना

एम.एस्सी. फरेष्ट्री विषयमा आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त माग गरिएको सम्वन्धी अत्यन्त जरुरी सूचना :

यस मन्त्रालयलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाण्डौ फरेष्ट्री कलेजबाट यस बर्षका लागि एम.एस्सी. फरेष्ट्री तर्फ NRM&RD कार्यक्रममा २ सिट छात्रवृत्ति प्राप्त भएकोमा उक्त सिटमा शिक्षा मन्त्रालयले मिति २०७३।०२।२५ मा प्रकाशन गरेको स्नातकोत्तर तहको M.Sc.Forestry विषयको मन्त्रालयको योग्यताक्रम (MOE Merit)  मा रहेका उम्मेद्वारहरुबाट साधारण तर्फ एक जना, आरक्षण तर्फ  महिला समूहबाट एक जना मनोनयन गर्नु पर्ने भएकाले उक्त योग्यताक्रममा रहेका सम्बन्धित समूहका सबै ईच्छुक उम्मेद्वारहरुबाट दरखास्त माग गरिएकोले सम्वन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ ।

दरखास्त पेस गर्ने मिति :

मिति २०७३।०२।२६ गते देखि मिति २०७३।०२।३२ गते दिन कार्यालय समयसम्म ।


Attached Documents
Title Size Type View Download
M.Sc_._Forestry_Application_for_Pre_Nomination_2016_ 591 Kb application/pdf View Download