इजिप्ट सरकारले प्रदान गरेको आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त पेसगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
इजिप्ट सरकारले प्रदान गरेको आंशिक छात्रवृत्तिमा मनोनयनका लागि दरखास्त पेसगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकार, शिक्षा मन्त्रालयलाई इजिप्ट सरकारले सन् २०१६।१७ का लागि प्रदान गरेको Undergraduate तहका MBBS विषयमा ५ सिट आंशिक छात्रवृत्तिमा अध्ययनका लागि नियमानुसार साधारण तर्फ ५५ प्रतिशत र आरक्षण तर्फ ४५ प्रतिशतका आधारमा देहाय बमोजिमका समुहलाई देहाय बमोजिमको समूहगत सिट विभाजन गरिएकोले उक्त समुहहरुबाट उम्मेद्वार छनोट गर्नु पर्ने भएकोले मन्त्रालयबाट २०७२ साल मंसिर १४ गते प्रकाशन गरेको Undergraduate Level को MBBS विषयको देहायको समुहको देहायको योग्यताक्रममा रहेका तथा इजिप्टसरकारबाट तोकिएको मापदण्ड पुरा गरेका उम्मेदवारहरूले स्वयम् उपस्थित भई छात्रवृत्तिशाखा, केशरमहलमा रु. १० को टिकट टाँस गरी मिति २०७३ जेठ २६ गते देखि मिति २०७२ जेठ ३२ गतेका दिन कार्यालय समय सम्ममा देहाय बमोजिमका कागज प्रमाण सहित दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै मनोनयन हुने विद्यार्थीहरुले अरविक भाषा सिक्नु पर्ने व्यहोरा समेत जानकारी गराईन्छ ।
संलग्न फाइल
English
नेपाली