Pre nomination Notice- M.Sc. Forestry 2016

एम.एस्सी. फरेष्ट्री विषयको छात्रवृत्तिमा पूर्व मनोनयन (Pre-nomination) सम्बन्धी अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाण्डौ फरेष्ट्री कलेजबाट एम.एस्सी. फरेष्ट्री विषयमा Natural Resources Management and Rural Development कार्यक्रममा यस बर्षका लागि २ वटा छात्रवृत्ति सिट प्राप्त भएकोमा यस मन्त्रालयले मिति २०७३।०२।२५ गते प्रकाशन गरेको एम.एस्सी. फरेष्ट्री विषयको योग्यताक्रममा रहेका ईच्छुक उम्मेद्वारहरुबाट मिति २०७३।०२।३२ गते सम्ममा दरखास्त माग गरिएकोमा रितपूर्वकका ६ वटा प्राथमिकताक्रम सहितको दरखास्त पेशहुन आएकाले निजहरुको प्राप्ताङ्क, समूहगत योग्यताक्रम र समूहगत आरक्षण प्रतिशतसमेतका आधारमा नियमानुसार देहाय बमोजिमका उम्मेद्वारहरुलाई साधारण तथा आरक्षण समूह तर्फको मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन (Pre-nomination) गरिएको छ । मूख्य उम्मेदवारहरूले मिति २०७३।०३।०५ गतेका दिन दिनको ४ बजेसम्ममा देहायका कागजातहरु सहित सम्पर्क गर्न साथै पूर्व मनोनयनमा परेका उम्मेदवारहरूमध्ये अध्ययनका लागि असमर्थ भए सोही अवधिभित्र अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयनका सम्बन्धमा कुनै दावि विरोध भए उम्मेदवार स्वयम् उपस्थित भई सोहि मिति भित्र लिखित जानकारी गराउन एवम् उल्लिखित सूचीमा मूख्य उम्मेदवारको रुपमा सूचिकृत नभएका रित पूर्वकका सबै दरखास्तकर्ताहरूलाई सम्वन्धित विषयको बैकल्पिक उम्मेदवारका रूपमा सूचिकृत गरिएको हुँदा बैकल्पिक उम्मेदवारले मिति २०७३।०३।०५ गतेका दिन कार्यालय समय भित्र सम्पर्क गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


संलग्न फाइल
Title Size Type View Download
Pre_nomination_M.Sc_forestry_notice_2073_.03_.01_ 440 Kb application/pdf हेर्नुहोस डाउनलोड