ईजिप्ट सरकारले उपलब्ध गराएको एम.वि.वि.एस. विषयको आंशिक छात्रवृत्तिमा पूर्व मनोनयन (Pre-nomination) सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल सरकारलाई मित्रराष्ट्र ईजिप्ट सरकारले सन् २०१६।०१७ का लागि उपलब्ध गराएको ५ सिट स्नातक तहको मेडिसिन तर्फ एमविविएस विषयको आंशिक छात्रवृत्तिमा उम्मेद्वार मनोनयन गर्ने प्रयोजनका लागि छात्रवृत्ति सम्वन्धी नियमावली, २०६० अनुसार मनोनयन गर्न मन्त्रालयले २०७२ साल मंसिर १४ गते प्रकाशन गरेको Undergraduate Level को MBBS  विषयको योग्यताक्रम (नतिजा)मा रहेका उम्मेदवारहरूबाट मिति २०७३ जेठ २६ गते देखि मिति २०७३ जेठ ३२ गते सम्ममा दरखास्त माग गरिएकोमा मन्त्रालयको सूचना अनुसार रितपूर्वकका दरखास्त पेश गर्ने जम्मा २९ जना उम्मेदवारहरूमध्ये उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम, समूहगत आरक्षण प्रतिशत र उम्मेदवारले पेश गरेको बिषयगत प्राथमिकताक्रमका आधारमा नियमानुसार देहाय बमोजिमका उम्मेद्वारहरुलाई मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन (Pre-nomination) गरिएकोले मुख्य उम्मेदवारहरूले मिति २०७३।०३।०५ गतेका दिन दिनको ४ बजेसम्म सक्कल कागज प्रमाण सहित सम्पर्क गर्न साथै पूर्व मनोनयनमा परेका उम्मेदवारहरूमध्ये अध्ययनका लागि असमर्थ उम्मेदवारले सोही अवधिभित्र अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयनका सम्बन्धमा कुनै दाविविरोध भए उम्मेदवार स्वयम् उपस्थित भई लिखित जानकारी गराउन एवम् उल्लिखित सूचीमा मुख्य उम्मेदवारको रुपमा सूचिकृत नभएका सबै दरखास्तकर्ताहरूलाई सम्वन्धित समूहको बैकल्पिक उम्मेदवारका रूपमा सूचिकृत गरिएकोले बैकल्पिक उम्मेदवारले मिति २०७३।०३।०५ गतेका दिन कार्यालय समय भित्र सम्पर्क गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


Attached Documents
Title Size Type View Download
Pre_nomination_notice_Egypt_20162 499 Kb application/pdf View Download