ईजिप्ट सरकारले उपलब्ध गराएको एम.वि.वि.एस. विषयको आंशिक छात्रवृत्तिमा पूर्व मनोनयनसूची समायोजन गरिएको सूचना

ईजिप्ट सरकारले उपलब्ध गराएको एम.वि.वि.एस. विषयको आंशिक छात्रवृत्तिमा पूर्व मनोनयनसूची समायोजन गरिएको सूचना

नेपाल सरकारलाई मित्रराष्ट्र ईजिप्ट सरकारले सन् २०१६।०१७ का लागि उपलब्ध गराएको ५ सिट स्नातक तहको मेडिसिन तर्फ एमविविएस विषयको आंशिक छात्रवृत्तिमा उम्मेद्वार मनोनयन गर्ने प्रयोजनका लागि छात्रवृत्ति सम्वन्धी नियमावली, २०६० अनुसार मनोनयन गर्न मन्त्रालयले दरखास्त माग गरि नियमानुसार मूख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा पूर्वमनोनयन (Pre-nomination) गरी सम्वन्धित उम्मेदवारले मिति २०७३।०३।०५ गतेका दिनसम्म कार्यालय समय भित्र सम्पर्क गर्न सम्बन्धित सबैलाई जानकारी गराईएकोमा उक्त सूचना अनुसार तोकिएको समय अवधिमा कसैको पनि दाविविरोध पर्न नआएको तथा देहाय बमोजिमका उम्मेद्वारहरुले अध्ययन असमर्थताको निवेदन पेस गरेका, देहायका उम्मेद्वारहरुले तोकिएको मितिसम्ममा सम्पर्क नगरेका तथा देहायका उम्मेद्वारहरले रित पूर्वक सम्पर्क गरेकाले रितपूर्वक सम्पर्क गर्ने उम्मेदवारहरूमध्ये नियमानुसार उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम र समूहगत आरक्षण प्रतिशतका आधारमा देहाय बमोजिम मनोनयन सूची समायोजन गरिएकोले मनोनयन भएका ५ जना उम्मेद्वारहरुले मिति २०७३।०३।०९ गतेसम्ममा देहाय बमोजिमका कागजातहरु लिई छात्रवृत्ति शाखा, केशरमहलमा अनिवार्य रुपमा सम्पर्क गर्नुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 


संलग्न फाइल
Title Size Type View Download
Pre_nomination_adjusted_notice_Egypt_2016_-1 593 Kb application/pdf हेर्नुहोस डाउनलोड