PTAP Scholarship पूर्व मनोनयन सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदुतावासको ENI 4.1.3/PTAP/365, मिति २०७३।०३।२८ तदनुसार १२ जुलाई, २०१६ को पत्र र सो साथ सम्लग्न २२ जुन २०१६ को नोट( ईमेल मार्फत प्राप्त) बाट पाकिस्तान सरकारले नेपाल सरकारलाई Pakistan Technical Assistance Programme (PTAP) कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०१६।१७ का लागि Undergraduate Level का MBBS १० सिट, BDS विषयमा १ सिटका लागि  २०७३।०४।१ गतेका दिन गोरखापत्र दैनिक र शिक्षा मन्त्रालयको वेभसाईटमा मा सूचना प्रकाशन भए बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरुमध्येबाट शिक्षा मन्त्रालयले मिति २०७२।०८।१४ गते प्रकाशन गरेको बिषय समूहको योग्यताक्रम देहाय अनुसारका मुख्य तथा बैकल्पिक उम्मेदवारहरुलाई पूर्व मनोनयन गरिएको छ । मुख्य उम्मेदवारहरुले मिति २०७३।४।१८ गते दिनको १:०० वजेसम्म शैक्षिक प्रमाण पत्र लगायतका सम्पूर्ण सक्कल कागजातसाथ शिक्षा मन्त्रालय छात्रबृत्ती शाखा, केशरमहलमा सम्पर्क गर्नका साथै पूर्व मनोनयन परेका उम्मेदवार मध्येबाट अध्ययनका लागि असमर्थ उम्मेदवारले सोहि अवधि भित्र अध्ययन असमर्थताको लिखित जानकारी गराउन र मनोनयन सम्वन्धमा कुनै दावी बिरोध भए उम्मेदवार स्वयम् उपस्थित भई लिखित जानकारी गराउन एबम् उल्लेखित सूचिमा मुख्य उम्मेदवारहरुको रुपमा सूचिकृत नभएका रितपूर्वकका सबै दरखास्तबालाहरुलाई बैकल्पिक उम्मेदवारका रुपमा सूचिकृत गरिएकोले बैकल्पिक उम्मेदवारले मिति २०७३।४।१९  गते सम्पर्क गर्न यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत विवरण यसै साथ संलग्न छ।

 


संलग्न फाइल
Title Size Type View Download
prenomination1 406 Kb application/pdf हेर्नुहोस डाउनलोड