काठमाण्डौं विश्वविद्याल स्कूल अफ मेडिसिन साईन्सेज तर्फको MBBS लगायतका बिषयमा अध्ययनका लागि दरखास्त पेश गर्ने सम्वन्धमा अत्यन्त जरुरी सूचना
शिक्षा मन्त्रालय प्राविधिक शिक्षा शाखाको च नं २५५ मिति २०७३।०८।१६ को प्राप्त पत्रानुसार काठमाण्डौं विश्वविद्यालय र सो अन्तर्गतका देहायका शिक्षण संस्थाहरुमा देहायका संख्यामा छात्रबृत्ति सिट प्राप्त हुन आएकोले उक्त सिटहरुमा मनोनयन गरी पठाउनु पर्ने भएको हुँदा यस मन्त्रालयबाट मिति २०७३।८।१७ गते प्रकाशित अन्तिम योग्यताक्रममा देहायको समूहगत योग्यताक्रम भित्र नाम रही काठमाण्डौं विश्वविद्यालयबाट तोकेको मापदण्ड पुरा गरेका उम्मेदवारहरुले स्वयम् उपस्थित भई छात्रबृत्ति शाखा, केशरमहलमा शिक्षण संस्था तथा विषयगत प्राथिमकता समेत खुलाई रु १० को टिकट टाँस गरी आवेदन दिनहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरणका लागि एटेच फाइल हेर्नुहोला।
आवेदन गर्ने समयाबधि :
मिति : २०७३ मंसिर २२ गते देखि २९ गतेसम्म अपरान्ह १२:०० देखि कार्यालय समय भित्र ।
संलग्न फाइल
English
नेपाली