चीन सरकारबाट प्राप्त छात्रवृत्तिमा अन्तिम मनोनयन (Final Nomination) तथा अनलाइन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकारलाई मित्रराष्ट्र चीन सरकारले सन् २०१७÷०१८ का लागि उपलब्ध गराएको Postgraduate (स्नातकोतर तथा अनुसन्धान)तहको छात्रवृत्तिमा अध्ययनका लागि मन्त्रालयले प्रकाशन गरेको पूर्व सूचना अनुसार रितपूर्वक पर्न आएका दरखास्तहरु मध्ये उम्मेदवारहरुको मन्त्रालयको योग्यताक्रम, विषयगत प्राथमिकताक्रम, समूहगत आरक्षण समेतका आधारमा मुख्य तथा बैकल्पिक उम्मेदवारका रुपमा मनोनयन (nomination) गरीमुख्य तथा बैकल्पिक उम्मेदवारहरूलाई सम्पर्क गर्न सूचना गरिएकोमा तोकिएको मिति तथा समय भित्रमा सम्पर्क नगरेका र अध्ययन असमर्थता जनाएका उम्मेदवारहरुको नाम मनोनयन सूचीबाट हटाई नियमानुसार उम्मेदवारहरुको योग्यताक्रम, विषयगत प्राथमिकताक्रम, समूहगत आरक्षण समेतका आधारमा सूची समायोजन गरी देहाय बमोजिमको अन्तिम मनोनायन सूची तयार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । विस्तृत विवरणका लागि एटेच फाइल हेर्नुहोला।
संलग्न फाइल
English
नेपाली