शिक्षाका समसामयिक विषयका सन्दर्भमा शिक्षा मन्त्रालयबाट जारी गरिएको अपील

शिक्षा क्षेत्रमा कार्यान्वयनमा रहेका ऐन तथा नियमावलीमा नेपालको संबिधानको भावना र मर्म अनुसार समसामयिक सुधार गर्न आवश्यक ठानी मिति २०७३।०३।१५ मा शिक्षा ऐन २०२८ मा आठौ संशोधन पारित भई उक्त ऐन अनुसार शिक्षा क्षेत्रमा गर्नु पर्ने नीतिगत कानूनी संरचनागत तथा व्यवस्थापकीय सुधारका लागि मौजुदा शिक्षा नियमावली २०५९ मा समसामयिक संशोधन एवम् परिमार्जन गर्न वान्छनीय भएकोले शिक्षा मन्त्रालयले सम्वन्धित मन्त्रालयहरू समेतको राय सहमतिमा शिक्षा नियमावली २०७३ को मस्यौंदा तयार गरी मन्त्रीपरिषद् समक्ष प्रस्ताव पेस गरी पारित हुने क्रममा रहेको व्यहोरा सबैमा अवगत नै छ ।

शिक्षा क्षेत्रका सबै सरोकारवालाहरू समेतको साथ र सहयोगवाट प्रस्तावित शिक्षा नियमावली २०७३ को मस्यौदा मन्त्रीपरिषदमा पेस भई नियमित प्रक्रिया पूरा गरी पारित हुने क्रममा मन्त्रीपरिषदमा विचाराधीन रहेको अवस्थामा सामाजिक सञ्जाल एवम् पत्रपत्रिकामा कुनै व्यक्ति तथा संस्थालाई लान्छना लगाई आरोप प्रत्यारोप भएको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । अत: त्यस प्रकारका कार्य नगर्नु नगराउनुहुन सबै शिक्षाप्रेमी, शिक्षाविद् एवम् शिक्षा सम्वद्ध सरोकारवालाहरूमा शिक्षा मन्त्रालय हार्दिक अपिल गर्दछ ।

 


Attached Documents
Title Size Type View Download
New_Document_40 341 Kb image/jpeg View Download