श्रीलंकन सरकारले उपलब्ध गराउने Presidential Scholarship for foreign students सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रस्तुत विषयमा परराष्ट्र मन्त्रालयको प सं ०७३/७४/SA-II/SRL-५/३४४ मिति २०७४।१।१० को प्राप्त पत्र अनुसार श्रीलंकन सरकारले शैक्षिक सत्र २०१६/०१७ का लागि उपलब्ध गराउने Presidential Scholarship for foreign students अवार्डको लागि विद्यार्थी छनौट सम्बन्धी सूचना शिक्षा मन्त्रालयको मिति २०७३।१।१७ गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यसै साथ प्रकाशन गरिएको छ ।
सो छात्रवृत्तिमा अधययन गर्न इच्छुक (तोकिएको योग्यता पुगेका) विद्यार्थीहरुले सो सूचनामा उल्लेखित वेबसाइट www.mohe.gov.lk मा गई फाराम डाउनलोड गरी फाराममा उल्लेखित विवरणहरु भरेर आवश्यक कागजात सहित तोकिएको मिति भित्र पेश गरी छात्रवृत्तिका लागि छनोट भई conformation प्राप्त भएमा त्यस्ता विद्यार्थीहरुलाई मन्त्रालयबाट मनोनयन (Nomination) पत्र प्रदान गरिने व्योहोरा समेत मन्त्रालयको सोहि मितिको निर्णय अनुसार सम्वन्धित सबैका लागि सूचित गरिन्छ ।
विस्तृत विवरण संलग्न फाइलमा हेर्नुहोला।
संलग्न फाइल
English
नेपाली