नेपाल विद्याभूषण तथा छात्रा विद्यापदकका लागि निवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना
आगामी २०७४ साल भाद्र २३ गते (तदनुसार सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “ नेपाल विद्याभूषण Þ तथा छात्रा विद्या पदकका लागि स्वदेश तथा विदेशी विश्वविद्यालयबाट तल उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरु र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता भएका विदेशी नागरिकहरुबाट यही २०७४ साल श्रावण मसान्तभित्र रु. १०।—को टिकट टाँसी आफैले निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै साविकमा वितरण हुँदै आएको महेन्द्र विद्याभूषण पदकको नाम परिवर्तन गरी नेपाल विद्याभूषण पदक कायम गरिएको हुँदा यस अघि क, ख, र ग श्रेणीको महेन्द्र विद्याभूषण पदक प्राप्त गरेका महानुभावहरुले सोही श्रेणीको नेपाल विद्याभूषण पदकका लागि भने निवेदन गर्न नपाइने व्यहोरा समेत जानकारी गराइन्छ ।
विस्तृत विवरणका लागि संलग्न फाइल हेर्नुहोला।
संलग्न फाइल
English
नेपाली