PTAP कार्यक्रम अन्तरगतको BSc. Engineering विषयको छात्रबृत्तिमा मनोनयनका लागि दरखास्त फाराम भर्ने बारे जरुरी सूचना ।

नेपाल सरकारलाइ शैक्षिक सत्र २०१७/२०१८ का लागि पाकिस्तान सरकारबाट Pakistan Technical Assistance Programme (PTAP) अन्तरगत प्राप्त छात्रबृत्ति सिट मध्ये BSc. Engineering विषयमा ६ सिट प्राप्त हुन आएकोले छात्रबृत्ति सम्बन्धी नियमावली २०६० (संसोधन सहित) बमोजिम साधारण तथा आरक्षण तर्फ सिट कायम गरीएकोले उक्त सिटहरुमा नियमानुसार मनोनयनका लागि  तथा योग्यताक्रम कायम गर्न सम्बन्धीत संस्थाले तोकेको योग्यता पुरा गरेका र त्रि. वि. वि. , इञ्जिनियरिङ अध्ययन संस्थान (IoE),  पूल्चोक बाट २०७४ साल साउन महिनामा लिइएको प्रबेश परीक्षाको योग्यताक्रम सूचीमा (Merit List)मा रहेका उम्मेदवारहरुबाट मिति २०७४ असोज २९ गते देखि २०७४ कार्तिक ७ गते सम्म कार्यालय समय भित्र यस शाखामा दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको व्योहोरा जानकारी गराइन्छ । यसै सूचनामा संलग्न दरखास्त फाराम डाउनलोड गरि भरेर बुझाउन सकिनेछ ।


संलग्न फाइल
Title Size Type View Download
Pakistan_PTAP_Scholarship_2017-18_Bsc_eng 391 Kb application/pdf हेर्नुहोस डाउनलोड
PTAP_Aplication_2074-_bsc_eng 100 Kb application/pdf हेर्नुहोस डाउनलोड