नेपाल् सरकार
शिक्षा मन्त्रालय
Nepal Flag

शिक्षा मन्त्रालय::एक झलक

शिक्षा मन्त्रालयको स्थापना विक्रम संवत २००७ सालमा भएको हो। वि.स.२०५७ वैशाख ६ गतेदेखि यस मन्त्रालयभित्र खेलकुद समेत समेटेर शिक्षा तथा खेलकुद मन्त्रालय नामाकरण गरिएको थियो। मुलुक संधीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात वि.सं २०६५ साल भाद्र १५ गते देखि यस मन्त्रालयको नाम पुनः शिक्षा मन्त्रालय भएको छ। यस मन्त्रालयको जिम्मेवारी मुलुकभरको शिक्षा क्षेत्रको योजना, व्यवस्थापन र सेवा प्रदान गर्ने रहेको छ। राष्ट्रको शिक्षा सम्बन्धी सम्पूर्ण नीति निर्धारण,योजना,अनुगमन तथा मूल्याङ्कन गर्नु यस मन्त्रालयको दायित्व हो।

शिक्षा मन्त्रालय अन्तर्गत रहेका सम्बद्ध निकायहरू यसकै संगठनात्मक ढाँचाका अङ्गका रूपमा शिक्षाका राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न क्रियाशील छन्। शैक्षिक प्रशासनलाई जनताको पहुँचमा पुर्‍याउन ५ वटा क्षेत्रीय र ७५ वटा जिल्लास्तरीय कार्यालय स्थापना गरिएको छ। मन्त्रालय अन्तर्गतका केन्द्रीयस्तरका निकायहरूले कार्यक्रमहरूको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन गर्ने दायित्व निर्वाह गर्छन् भने क्षेत्रीय शिक्षा निर्देशनालयले समन्वय र मूल्याङ्कन गर्ने निकायको रूपमा र जिल्ला शिक्षा कार्यालयहरू कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेका छन्।


राखेको मिती :
उप्डेट गरेको मिती : 2009-10-02

शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधा

2010-03-19 20:30:57

 

 शिक्षक अनुदान (राहत कोटा) वितरणमा भएको अनियमितता तथा विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका समस्या सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन २०६६

 

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

2010-07-18 16:26:23

महोत्तरी र धनुषा जि‌ शि का को छानविन समितिको प्रतिवेदन

छात्रवृत्ति दरखास्त फाराम

2009-10-02 07:59:21

छात्रवृत्ति दरखास्त फाराम

सूचनाको हक सम्बन्धी ऐन २०६४

2009-10-04 19:45:29

सूचनाको हक सम्बन्धी ऐन २०६४

छात्रवृत्ति परीक्षाको पाठयक्रम

2009-10-03 17:25:49

छात्रवृत्ति परीक्षाको पाठयक्रम