वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि अत्यन्त जरूरी सूचना

स्वदेश तथा विदेशस्थित शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा, भाषा शिक्षण, पूर्व तयारी कक्षा सञ्चालन र सोबापत विद्यार्थीस“ग लिने शुल्क तथा ती संस्थाहरूबाट विद्यार्थीलाई प्रदान गरिने सेवा, सुविधासमेतलाई व्यवस्थित र सरलीकृत गर्ने गराउने प्रयोजनका लागि यस मन्त्रालयद्वारा ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०६८’ जारी भई कार्यान्वयनमा रहेको छ ।

सो निर्देशिकाबमोजिम माथि उल्लिखित क्षेत्रमा सेवा सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट अनिवार्यरूपमा स्वीकृति लिनुपर्ने साथै उक्त निर्देशिकाको परिच्छेद ४ को दफा ७ मा सेवासम्वन्धी प्रचारप्रसार गर्ने सम्वन्धमा समेत व्यवस्था रहेको छ । हाल विभिन्न विदेशी शिक्षण संस्थाहरुले शिक्षा मन्त्रालयको कुनै जानकारी र स्वीकृतिविना नै काठमाडौं उपत्यकालगायतका स्थानमा Admission Centre/Information Centre/Regional Office/Admission Office/Contact Office/ Liaison Office आदिका नामबाट परामर्श सेवा सञ्चालन गर्ने, 'Spot Admission' भनी व्यक्तिगत सम्पर्क ठेगाना र मोबाइल नम्बर उल्लेख गरी Free Visa/Free Ticket/Scholarships/Discounts जस्ता आकर्षक र भ्रामक शब्दावली राखी पत्रपत्रिकामा विज्ञापन प्रकाशन गर्ने तथा निर्देशिकामा भएको व्यवस्था विपरित विनास्वीकृति विभिन्न नाममा शैक्षिक मेला/प्रदर्शनी सञ्चालन गर्ने कार्यहरू हुने गरेका पाइएकाले यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । त्यस्ता कार्यबाट विद्यार्थी तथा अभिभावकहरू ठगीलगायत विभिन्न प्रकारका समस्यामा परेका/पर्नसक्ने हुँदा विनास्वीकृति अनधिकृतरूपबाट हुने गरेका माथि उल्लिखित कार्यहरू नगर्न/नगराउन सम्वन्धित सबैमा अनुरोध छ । साथै, विद्यार्थी तथा अभिभावकहरूले पनि अनधिकृत र भ्रामक प्रचारका पछि नलागी आपूmले अध्ययन गर्र्न/गराउन चाहेको संस्थाको वैधानिकता, तह/विषयको मान्यता र समकक्षता सम्वन्धी आधिकारिकता बुझेर मात्र सेवा लिनहुन अनुरोध गरिन्छ ।